logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सरकारी वकिलको कार्यालयमा बयानका लगियो रविलाई

    997Shares
    सरकारी वकिलको कार्यालयमा बयानका लगियो रविलाई

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई शुक्रबार करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो ।

    शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको हो । लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्धामा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट