logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • नयाँ सरकार नबनुन्जेल भेनेजुएलामा अमेरिकी शासन, राष्ट्रपति मदुरोलाइ न्यूयोर्क पुर्‍याइयो 

    922Shares
    नयाँ सरकार नबनुन्जेल भेनेजुएलामा अमेरिकी शासन, राष्ट्रपति मदुरोलाइ न्यूयोर्क पुर्‍याइयो 

    काठमाडौं । भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो ।
    त्यसपछि उहाँलाई क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्‍याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बीबीसीले उल्लेख गरेको छ ।
    समग्रमा राष्ट्रपति मदुरो पक्राउ परेदेखि अमेरिकामा अवतरण गरेसम्म २ हजार १ सय माइल अर्थात् ३ हजार ३ सय  किलोमिटरको यात्रा गर्नुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गर्नुभएको थियो । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
    भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरो पक्राउ परेपछि विश्व समुदाय भने विभाजित देखिएको छ । अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाउनुभएको थियो ।
    ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा उहाँ र उहाँकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट