logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • इरानले खसाल्यो अमेरिकी दुई युद्ध विमान 

    796Shares
    इरानले खसाल्यो अमेरिकी दुई युद्ध विमान 

    वाशिङ्टन । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ ।

    रिपोर्टअनुसार शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी सञ्चारमाध्यमले अर्को एक आक्रमण विमान पनि खसालिएको दाबी गरेका छन् ।

    सैन्य विज्ञहरूका अनुसार यसअघि सन् २००३ मा इराकमाथि आक्रमणका क्रममा अमेरिकी युद्धविमान शत्रुपक्षबाट खसालिएको थियो। त्यसयता यस्तो घटना भएको थिएन ।

    विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अमेरिका मुख्यतः कमजोर हतियार भएका विद्रोही समूहसँग लड्दै आएको थियो, जसले यस्ता आक्रमण गर्न सक्ने क्षमता राख्दैनथे । तर इरानसँग भने हवाई प्रतिरक्षा प्रणाली रहेकोले यस्तो घटना सम्भव भएको बताइएको छ ।

    इरानमाथि एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेका छन् । यद्यपि ती आक्रमणपछि पनि इरानले क्षेप्यास्त्र र मानवरहित यानमार्फत प्रतिकार जारी राखेको छ ।

    अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी हजारौँ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसले क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।

    विश्लेषकहरूका अनुसार हवाई क्षेत्रमा वर्चस्व कायम राख्नु र पूर्ण नियन्त्रण हासिल गर्नु फरक कुरा भएकाले हालको अवस्थाले युद्ध अझ जटिल बन्दै गएको संकेत दिएको छ । रासस, एपी

     



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट