logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    757Shares
    तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किएका छन् ।

    बिहीबार भारत प्रस्थान गरेका मन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

    भेटका क्रममा मन्त्री वाग्लेले जलवायु न्यायका विषयमा भारतको सहयोग र साथका लागि आग्रह गरेका थिए । साथै, वर्तमान सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउन भारतीय पक्षलाई आग्रह गरेका थिए ।

    विदेशमन्त्री जयशंकरसँगको भेटमा वाग्लेले आर्थिक तथा राजनीतिक सहकार्यका विषयमा छलफल गरेका थिए । भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका थिए।



    फास्ट न्युज    
  • २०८३ आश्विन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट