logo

२०८३ भाद्र २३ मंगलवार

logo
  • २०८३ भाद्र २३ मंगलवार
  • जेनजी आन्दोलनको एक वर्षपछि एमालेले थाल्दैछ ‘भण्डाफोर तथा विरोध’ कार्यक्रम

    712Shares
    जेनजी आन्दोलनको एक वर्षपछि एमालेले थाल्दैछ ‘भण्डाफोर तथा विरोध’ कार्यक्रम

    काठमाडौं, नेकपा एमालेले गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक तथा ध्वंसात्मक गतिविधिविरुद्ध ‘भण्डाफोर तथा विरोध’ कार्यक्रम आयोजना गर्ने भएको छ।

    एमाले सचिव महेश बस्नेतको भक्तपुरको गुण्डुस्थित जलेको घरको प्राङ्गणमा बुधबार बिहान कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम बिहान साढे ७ बजेदेखि सुरु हुनेछ।

    ‘२०८२ भदौ २४ गतेको राष्ट्रमाथिको आक्रमणका विरुद्ध भण्डाफोर तथा विरोध कार्यक्रम’ नाम दिइएको कार्यक्रममा आन्दोलनका क्रममा भएका हिंसा, तोडफोड तथा सार्वजनिक संरचनामा भएको क्षतिबारे जानकारी गराइने आयोजकले जनाएको छ।

    एमालेले गत वर्ष भदौ २४ गतेको घटनालाई ‘राष्ट्रमाथिको आक्रमण’का रूपमा व्याख्या गर्दै त्यसका घटनाक्रम र प्रभावबारे जनतालाई जानकारी गराउने जनाएको छ।

    जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएपछि भदौ २४ गते सिंहदरबार, संसद् भवनलगायतका सरकारी संरचनामा तोडफोड तथा आगजनी भएको थियो। सो घटनामा एमाले सचिव बस्नेतको गुण्डुस्थित घरसमेत जलेको थियो।

    आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एमालेले घटनालाई राजनीतिक रूपमा उठाउँदै त्यस क्रममा भएका हिंसात्मक र ध्वंसात्मक गतिविधिको विरोधमा कार्यक्रम गर्न लागेको हो।



    फास्ट न्युज    
  • २०८३ भाद्र २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट