logo

२०८३ श्रावण ३ आईतवार

logo
  • २०८३ श्रावण ३ आईतवार
  • भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीसहित १४ जना दोषी, सात जनाले पाए सफाइ

    1.3KShares
    भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीसहित १४ जना दोषी, सात जनाले पाए सफाइ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनालाई दोषी ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार मुद्दाको फैसला सुनाउँदै उनीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गरेको हो।

    अदालतको फैसलाअनुसार रायमाझी, खाँण, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डेलगायत अभियुक्तहरू संगठित रूपमा ठगी गर्दै राज्यविरुद्धको अपराध गरेको ठहर गरिएको छ।

    यस्तै, एकीकृत कसुरअन्तर्गत पूर्वगृहमन्त्री खाँण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियारका रूपमा संलग्न रहेको अदालतले ठहर गरेको छ। उक्त मुद्दामा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन्।

    फरार रहेका अभियुक्तहरूको हकमा पक्राउ परेपछि कानुनबमोजिम प्रक्रिया अघि बढाइने गरी मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा उल्लेख गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट