logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • हुथीद्वारा रियादमा ब्यालिस्टिक मिसाइल आक्रमणको प्रयास, साउदीद्वारा विफल

    745Shares
    हुथीद्वारा रियादमा ब्यालिस्टिक मिसाइल आक्रमणको प्रयास, साउदीद्वारा विफल

    काठमाडौँ । साउदी अरबले यमनका हुथी विद्रोहीले राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहारको प्रयास गरेको जनाएको छ।

    शनिबार राति साउदी नेतृत्वको गठबन्धनले रियादतर्फ प्रहार गरिएको मिसाइललाई आकाशमै ‘इन्टरसेप्ट’ गरी नष्ट गरिएको जानकारी दिएको हो।

    गठबन्धनका अनुसार हुथीहरूले रियादसँगै लाल सागरको बन्दरगाह सहर यान्बु, ताइफ, बायस र फरासानमा रहेका नागरिक पूर्वाधारलाई समेत लक्षित गर्ने प्रयास गरेका थिए। ती सबै आक्रमणका प्रयास विफल पारिएको गठबन्धनको दाबी छ।

    यद्यपि, घटनामा भएको क्षति वा मानवीय हताहतीबारे गठबन्धनले थप विवरण सार्वजनिक गरेको छैन।

    यसअघि हुथीहरूले रियादका केही ‘संवेदनशील स्थल’ तथा यान्बुस्थित साउदी तेल कम्पनी अरामकोलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।



    फास्ट न्युज    
  • २०८३ आश्विन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट