logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • अमेरिकामा गोलीकाण्डमा आठ बालबालिकाको ज्यान गयो

    748Shares
    अमेरिकामा गोलीकाण्डमा आठ बालबालिकाको ज्यान गयो

    काठमाडौं । अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका आठ बालबालिकाको मृत्यु भएको छ । प्रहरीले घटनालाई घरेलु विवादको रूपमा वर्णन गरेको छ ।

    प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनालाई गोली हानेर कारमा भागेका थिए । पछि प्रहरीको गोली लागेर संदिग्ध व्यक्तिको मृत्यु भएको थियो ।

    प्रहरीले पीडितहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका मृतक आक्रमणकारीका आफन्त भएको बताएको छ । ती सबै नाबालिग थिए ।

    श्रेभपोर्ट मेयरका सञ्चार निर्देशक ली एन इभेन्स्कीले बीबीसीलाई बताएअनुसार संदिग्ध आक्रमणकारीको पहिचान शमार एल्किन्सको रूपमा गरिएको छ । बीबीसी

     



    फास्ट न्युज    
  • २०८३ बैशाख ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट