काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।
महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क प्रस्थान गरेका हुन्।
महासभाका क्रममा उनले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन्। साथै, विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया