logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • प्रसाईंको पक्षमा उत्रिएकाहरू मुखमा मास्क र कालो टेप लगाएर प्रदर्शनमा

    934Shares
    प्रसाईंको पक्षमा उत्रिएकाहरू मुखमा मास्क र कालो टेप लगाएर प्रदर्शनमा

    काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई निस्शर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

    मंगलबार मात्रै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाऊ महाअभियान नेपालले दुर्गा प्रसाईंको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन गरे ।

    प्रसाईंको पक्षमा उत्रिएकाहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले ‘एक थोपो रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेर प्रसाईंले दिएको अभिव्यक्तिलाई प्रिन्ट गरेर पनि प्रदर्शन गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट