logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको आज संसदीय सुनुवाइ, उजुरीकर्तासँग पनि छलफल हुने

    895Shares
    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको आज संसदीय सुनुवाइ, उजुरीकर्तासँग पनि छलफल हुने

      काठमाडौं। प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ। संसदीय सुनुवाइ समितिले कार्कीको योग्यता, क्षमता, नैतिक आचरण र नियुक्तिसम्बन्धी प्रक्रियाबारे छलफल गर्न बैठक बोलाएको हो।

    संघीय संसद सचिवालयका अनुसार आज बिहान ११:१५ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा सबैभन्दा पहिले कार्कीविरुद्ध उजुरी दर्ता गराउने उजुरीकर्तासँग छलफल गरिनेछ। त्यसपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष उपस्थित गराई सदस्यहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ।

    कार्कीको नियुक्ति प्रक्रियाको पारदर्शिता, संवैधानिक पदका लागि आवश्यक योग्यता तथा नैतिक आचरणबारे प्रश्न उठाउँदै समितिमा उजुरी दर्ता भएको छ। ती उजुरीका आधारमा समितिले आवश्यक स्पष्टीकरण र जवाफ लिने तयारी गरेको हो।

    संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले कार्कीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ। समितिबाट अनुमोदन भएमा संवैधानिक परिषद्को सिफारिसअनुसार उनको प्रमुख निर्वाचन आयुक्त नियुक्तिको बाटो खुल्नेछ।

    यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बासँग सुनुवाइ गरी उनीहरूको योग्यता, अनुभव र कार्ययोजनाबारे छलफल गरेको थियो। आजको बैठकलाई प्रमुख निर्वाचन आयुक्त नियुक्ति प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट