काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओलीलाई रुघाखोकी लागेको बुझिएको छ । भाइरल रुघाखोकीले स्वास्थ्यमा थप समस्या समस्या हुने ठानेर बैठकमा नगएको बुझिएको छ ।
गोदावरीमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बसेको छ ।स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।
आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकबाट बाहिरिएका ओली आज गोदावरी नै गएनन् । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, अध्यक्ष ओलीले निवासमै आराम गरिरहेका छन् । ‘सामान्य रुघाखोकी हो । घरमै आराम गरिरहनुभएको छ’, रिजालले भने ।
अध्यक्ष ओलीले गोदावरीमा जारी बैठकको समापन वरिष्ठ उपाध्यक्ष पोखरेलबाटै हुने सूचना पठाएका छन् । तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जानेछन् । एमालेले गोदावरीको सनराइज हलमै भोलि अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd