logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • कांग्रेसले उपसभामुख मगरसँग जोडिएको विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गरायो

    850Shares
    कांग्रेसले उपसभामुख मगरसँग जोडिएको विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गरायो

    काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

    प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्यौपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् ।
    उनले भनिन्, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ ।

    यो कुराबारे मानव तस्करीको गम्भिर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ । तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानविन गर्न पाउन हक छ कि छैन । यो बिषयमा सभामुखको ध्यानाकर्षण गराउँछु ।’



    फास्ट न्युज    
  • २०८१ श्रावण १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार