logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई कारणविना निगरानी नगर्नू, बरामद सामान फिर्ता गर्नू

    712Shares
    सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई कारणविना निगरानी नगर्नू, बरामद सामान फिर्ता गर्नू

    काठमाडौं, सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई पर्याप्त र वस्तुनिष्ठ आधारबिना निगरानी नगर्न तथा उनको घरबाट खानतलासीका क्रममा प्रहरीले नियन्त्रणमा लिएका सामान फिर्ता गर्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार भदौ ९ गते प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो । आदेशको लिखित प्रति बुधबार सार्वजनिक भएको हो ।

    भक्तपुर प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरेको थियो । सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट विचाराधीन रहेकै अवस्थामा भक्तपुर अदालतको आदेशअनुसार उनी रिहा भएका थिए । प्रसाईं हिरासतमा नरहेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने अवस्था नरहे पनि सर्वोच्चले उनको व्यक्तिगत स्वतन्त्रतामा अनावश्यक अवरोध नगर्न प्रहरीलाई निर्देशन दिएको हो ।

    प्रहरीले पक्राउका क्रममा गत भदौ ४ गते प्रसाईंको घरमा खानतलासी गरी विभिन्न सामान नियन्त्रणमा लिएको थियो । ती सामान अपराध अनुसन्धानका लागि वैज्ञानिक परीक्षण गर्न केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको र परीक्षण प्रतिवेदनसमेत प्राप्त भइसकेको जानकारी भक्तपुर प्रहरीले अदालतलाई दिएको थियो ।

    सोही आधारमा सर्वोच्चले प्रहरीले नियन्त्रणमा लिएका सामान प्रसाईंकी पत्नी उमालाई तत्काल फिर्ता गर्न परमादेश जारी गरेको छ । तर, अनुसन्धानका क्रममा अदालतमा पेस गर्नुपर्ने अवस्था आएमा ती सामान दसीका रूपमा अनुसन्धान अधिकारीसमक्ष बुझाउने सर्त राखिएको छ ।

    सर्वोच्चले संविधानले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार, आवतजावतको स्वतन्त्रता तथा निजी निवास र व्यक्तिगत गोपनीयताको हकलाई समेत आदेशमा उल्लेख गरेको छ ।

    अदालतले प्रसाईंको घरबाहिर अनावश्यक रूपमा सुरक्षाकर्मी खटाएर पर्याप्त र वस्तुनिष्ठ आधार तथा कारणबिना उनको व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र रूपमा आवतजावत गर्ने र सम्मानपूर्वक बाँच्ने अधिकारमा अवरोध सिर्जना नगर्न स्पष्ट आदेश दिएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट