logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • तनहुँ बस दुर्घटना:१४ जनाको शव निकालियो, १५ जनाको अचेत अवस्थामा उद्धार र ११ जना बेपत्ता

    925Shares
    तनहुँ बस दुर्घटना:१४ जनाको शव निकालियो, १५ जनाको अचेत अवस्थामा उद्धार र ११ जना बेपत्ता

    काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। अचेत अवस्थामा १५ जनाको उद्धार गरिएको छ । ११ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ९एपीएफ० प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।

    भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ। बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।

     



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार