logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • आजपा र सहकारी पीडितहरुको संगठनबीच चुनावी गठबन्धन गर्ने सहमती

    1.3KShares
    आजपा र सहकारी पीडितहरुको संगठनबीच चुनावी गठबन्धन गर्ने सहमती

    काठमाडौं, १७ पुस । आम जनता पार्टी, जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) बीचमा चुनावी तालमेल गर्ने सहमती भएको छ । महासंघले आजपाको मोवाइल चुनाव चिन्हबाट उम्मेदवार उठाउने सहमती भएको हो ।

    आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, जनादेश पार्टीका अध्यक्ष रमणकुमार कर्ण र महासंघका अध्यक्ष कुशल खत्रीका बीचमा चुनावी तालमेल गर्ने सहमती भएको छ । यसअघि नै आजपा र जनादेश पार्टीका बीचमा मोवाइल चुनाव चिन्हबाट निर्वाचनमा गठबन्धन गरेर सहभागि हुने सहमती भइसकेको छ ।

    ‘सहकारी पीडितहरुको बचत फिर्ता दिलाउने लगायतका एजेण्डालाई संयुक्त चुनावी घोषणाको एजेण्डाको रुपमा राखि आगामी संसदीय चुनावमा संयुक्त रुपमा प्रतिस्पर्धा गरिने हामी सबै पक्ष सहमती गरेका छौं,’ सहमती पत्रमा उल्लेख गरिएको छ ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आजपा अध्यक्ष साहको नेतृत्वमा विभिन्न दल, समूह, सहकारी पीडित संघ, लघुवित पीडित संघ संस्थाका साथै जेनजी आन्दोलनकारीहरुले समेत सहमती गर्दै एउटै मोर्चा बनाएर अगाडी बढने सहमती गरेका छन् ।

    ‘सहकारी पीडित संघर्ष समिति पनि हाम्रो आम जनता पार्टीको मोबाइल चुनाव चिन्ह लिएर लड्ने ऐतिहासिक सहमतिबाट आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आम जनताको जीतलाई थप सुनिश्चित गरेको छ,’ आजपा अध्यक्ष साहले भने ।
    सहकारी बचतकर्ता संक्षरण राष्ट्रिय अभियान (महासंघ)ले आजपाको मोवाइल चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार दिने सहमतीपत्रमा उल्लेख गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट