logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • काभा महिला भलिबलको आज फाइनल, नेपालको भिडन्त भारतसँग

    853Shares
    काभा महिला भलिबलको आज फाइनल, नेपालको भिडन्त भारतसँग

    काठमाडौं ।  काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ ।घरेलु टोली ने पालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

    नेपालले सेमिफाइनलमा इरानलाई २५-२१, २८-२६ र २५-२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

    समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५-१७ ले पाखा लगाएको थियो। चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

    समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५-१५, २५-१६, २५-२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

     

     



    फास्ट न्युज    
  • २०८१ श्रावण २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार