काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४६.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd