logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • इजरायल युद्ध जारी हुदा नागरिक प्रति सरकार संवेदनशील दखिएन

    712Shares
    इजरायल युद्ध जारी हुदा नागरिक प्रति सरकार संवेदनशील दखिएन

    काठमाडौं । इजरायलको राजधानी तेल

    अविबलगायत क्षेत्रमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण भएपछि त्यहाँको नेपाली राजदूतावासले आइतबार विहानैदेखि नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्‍यो ।

    युद्धग्रस्त मुलुक इजरायलको नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिरहँदा सरकारले सोमबार नै २० जना नेपालीलाई रोजगारीका लागि इजरायल पठाउँदैछ ।

    इरानको आक्रमणका बाबजुद इजरायल सुरक्षित रहेको दाबी गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले आफूले छनोट गरेका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाइरहेको छ ।

    अहिले जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको काम गर्न धामधम इजरायल गइरहेका छन् । जबकी इजरायलको नेपाली दूतावासले जारी गरेको सूचनाले इजरायलको अवस्था सामान्य नरहेको स्पष्ट गर्छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ३, सोमबार १७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार