logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    919Shares
    मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको हाे ।

    सोरुकाेटदेखि गमगढी बजार तर्फ फर्किने क्रममा ग. १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जनामध्ये जिप धनी आफै चालक रहेका सोरु गाउँपालिका-३ भिँईका नर बहादुर बुमिको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

    इलाका प्रहरी चौकीकाअनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी ब्याक गर्दा बाहिर निस्केको र गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन ।

    दुर्गम जिल्लाहरुमा प्रायः हुने सडक दुर्घटनाहरु साँघुरा सडक, सेप्टीवाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट