logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • नारायणी नदीको पुलबाट हामफालेर एक किशाेर र महिला बेपत्ता

    1.8KShares
    नारायणी नदीको पुलबाट हामफालेर एक किशाेर र महिला बेपत्ता

    नवलपरासी ,  नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। एक जना हिजो बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

     

    इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार हिजो साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन्। साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ। बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ, उनले भने।बिहान पुलबाट हामफाल्ने किशोर गैंडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट