logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • हलेसी विकास समितिमा चक्रबहादुर राईको पुनरागमन, पर्यटन प्रवर्द्धनमा नयाँ आशा

    1.2KShares
    हलेसी विकास समितिमा चक्रबहादुर राईको पुनरागमन, पर्यटन प्रवर्द्धनमा नयाँ आशा

    खोटाङ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशक पदमा चक्रबहादुर राईलाई पुनः नियुक्त गरेको छ। प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार मन्त्रालयले राईलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। हलेसी क्षेत्रको विकास, संरक्षण तथा प्रवर्द्धनमा लामो अनुभव बटुलेका राई यसअघि पनि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेका छन्। तत्कालीन संघीय सरकारको मनोनयनबाट नियुक्त भएका उनले राजनीतिक परिवर्तनका कारण आफ्नो कार्यकाल पूरा गर्न भने पाएका थिएनन्।

    पुनः नियुक्तिपछि राईले हलेसी महादेवस्थानलाई धार्मिक आस्थाको केन्द्रसँगै आर्थिक, सांस्कृतिक तथा पर्यटन विकासको प्रमुख आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार किराँत, हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थास्थलका रूपमा परिचित हलेसीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।

    राईले स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै दीर्घकालीन विकास योजना कार्यान्वयनमा जोड दिने बताएका छन्। पूर्वाधार विस्तार, धार्मिक सम्पदाको संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ छ।

    उनको पुनर्नियुक्तिसँगै हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासले थप गति लिने अपेक्षा गरिएको छ। स्थानीयवासी र सरोकारवालाहरूले पनि अनुभवी नेतृत्वको पुनरागमनले हलेसीको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट