logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • एनपीएलमा आजको रोमाञ्चक भिडन्त: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने

    784Shares
    एनपीएलमा आजको रोमाञ्चक भिडन्त: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

    जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन्।

    यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। वर्षाका कारण पाँच ओभरमा झारिएको अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले भने अंक बाँडेका थिए।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट