logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेपालले आज अफगानिस्तानको सामना गर्ने

    988Shares
    नेपालले आज अफगानिस्तानको सामना गर्ने

    काठमाडौ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।
    नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६.४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
    यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४ ० गोल अन्तरले पराजित भएको थियो ।
    अफगानिस्तानसँग खेल्ने उक्त खेलमा २३ सदस्यीय नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु , दीप कार्की, विशाल सुनार, डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्ड जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट