logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा

    973Shares
    त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि टोलीको घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ ।

    नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

    अन्य खेलाडीहरूमा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट छन् ।

    पछिल्लोपटक एसिया कप खेलेको टोलीबाट काजल श्रेष्ठ, डली भट्ट र कृतिका मरासिनी बाहिरिँदा अलिशा र मनिषा पहिलोपटक टिममा परेका हुन् भने ईश्वरीले टोलीमा कमब्याक गरेकी हुन् ।



    फास्ट न्युज    
  • २०८१ माघ १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट