काठमाण्डौ| पेरिस ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढुन जरुरी रहेको बताए ।
सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ ।
सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
पलेशा दुई हप्ता अघि फ्रान्सको पेरिसमा भएको के ४४ क्याटेगोरी ५७ केजी मुनीको प्रतिस्पर्धामा पदक जितेर इतिहास बनाउन सफल भएकी हुन् । पलेशाले हासिल गरेको सफलता नेपालको खेलकुद क्षेत्रमा अहिलेसम्मको ठूलो पदक हो ।
सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।