logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

    847Shares
    श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

    काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

    पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

    श्रीलङ्काको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको थियो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना शुरु भएको खबरमा उल्लेख छ ।

    चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

    दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत पाउनुभएको थियो । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलङ्कामा १ करोड ७० लाख मतदाता छन्  । यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावका रूपमा व्याख्या गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट