logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • रास्वपामा रवि-बालेन भागबन्डा छताछुल्ल, प्रतिनिधिहरूको आक्रोश बढ्दाे

    718Shares
    रास्वपामा रवि-बालेन भागबन्डा छताछुल्ल, प्रतिनिधिहरूको आक्रोश बढ्दाे

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो । महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए ।

    ‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, आक्रोशित एकजना प्रतिनिधिले भने, ‘हामी कसको पछि लाग्ने हिँड्ने हो ? हामी राष्ट्रिय स्वतन्त्र पार्टी बचाउन आएको हो, देश बचाउन आएको हो।’

    ती प्रतिनिधिले महाधिवेशनको हलमै विद्रोह गर्दै अझै पनि २०८२ भदौको आन्दोलनमा लागेको गोलीको छर्रा बोकेर हिँड्नुपरेको बताए । ‘अझै पनि हाम्रो शरीरमा गोलीका छर्राको दाग छ। निधारमा भाटाको चोट बोकेर हिँडेका छौँ। यो तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले देश बनाउन सक्दैन’, उनले भने, ‘प्रतिनिधिको नामसहितको सूची त आयो तर हामी धेरैको जानाजान छुटाइएको छ। यो तरिकाले रास्वपा चल्दैन ।’

    अर्का महाधिवेशन प्रतिनिले रास्वपा पनि एमाले र कांग्रेसजस्तै भएको भन्दै आक्रोश पोखे । ‘हामी एमाले र कांग्रेस जस्तो होइन । यहाँ आएका मान्छे कसरी खाली फर्किनुपर्ने हो ? यो तरिकाले रास्वपाले देश कसरी बनाउँछ ? तपाईंहरूलाई थाहा होला’, उनले भने, ‘प्रतिनिधिमा आफ्नो नाम नभएपछि धेरै साथीहरू आक्रोशित हुनु हुन्छ । यहाँ आएपछि मैले भोट हाल्न पाउनुपर्छ । हामीले भोट हाल्न पाउनुपर्छ, रास्वपाले सबैलाई चित्त बुझाउनुपर्छ।’

    उनले रास्वपाले कसैलाई निराश बनाउनु नहुने बताए । ‘कसैका नाममा भागबन्डा लगाउन पाइँदैन। यहाँ कसैले भोट हाल्न पाएनन् भने हामी विद्रोह गर्छौँ’, उनले भने, ‘सबैको अधिकार छ भोट हाल्न पाउने । म बञ्चित भएँ, तपाईं बञ्चित भए आवाज उठाउँछौँ । यो पार्टी सबैले बनाएको हो । तर पुरानै पार्टीको शैलीमा जाने हो भने मानिँदैन, हामी एमाले-कांग्रेस होइन ।’



    फास्ट न्युज    
  • २०८३ असार ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट