logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • रविलाई निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखको ध्यानाकर्षण

    913Shares
    रविलाई निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखको ध्यानाकर्षण

      काठमाडौं|   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसहित सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने बताएका छन्।

    रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।

    रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट