logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • कतारका राजा आउने दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    712Shares
    कतारका राजा आउने दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा अमिरको भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    कतारका राजाको भ्रमणका क्रममा पर्यटन तथा विभिन्न मन्त्रालयअन्तर्गतका सम्झौता हुने प्रवक्ता शर्माले बताउनुभयो । नेपाललाई फाइदा हुने ढङ्गले कतारका राजासँग सम्झौता हुने उहाँको भनाइ छ ।

    कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । दुई दिने भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिष्कृत गर्नेलगायत विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १०, सोमबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार