logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एक वर्षमा शिक्षाका लागि नेपालबाट बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ

    1.1KShares
    एक वर्षमा शिक्षाका लागि नेपालबाट बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ

    काठमाडौँ । देशमै उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र शैक्षिक संस्थाहरू प्रशस्तै रहेका भए पनि ठूलो मात्रामा रकम अझै पनि विदेशिन रोकिएको छैन ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१\८२ को तथ्यांकअनुसार, गत वर्ष मात्रै शिक्षाका नाममा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । यसअघि २०८०\८१ मा भने शैक्षिक प्रयोजनका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो ।

    त्यस्तै, केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण खर्चमा समेत उल्लेख्य वृद्धि भएको छ । यो खर्च १८.१ प्रतिशतले बढ्दै दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही शीर्षकअन्तर्गतको खर्च एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट