logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • सुरुङमा फसेकाको उद्धारमा भारतीय ११ सदस्यीय प्राविधिक टोली परिचालन

    724Shares
    सुरुङमा फसेकाको उद्धारमा भारतीय ११ सदस्यीय प्राविधिक टोली परिचालन

    काठमाडौं, भदौ १३ । सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भारतबाट ११ सदस्यीय प्राविधिक टोली नेपालमा परिचालन गरिएको छ।

    परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्राविधिक टोली उद्धार कार्यमा परिचालन भएको जानकारी दिएका हुन्। उनका अनुसार उद्धारमा सहयोग गर्न चीनबाट पनि प्राविधिक टोली आउँदैछ।

    मन्त्री खनालले विपद्का बेला नेपाललाई विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको बताए। उनका अनुसार भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री नेपालले प्राप्त गरिसकेको छ।

    उनले उद्धार तथा राहत कार्यमा थप सहयोग जुटाउन जापान, अस्ट्रेलियालगायत देशसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

    मन्त्री खनालले अहिले सरकारको मुख्य प्राथमिकता सुरुङमा फसेकाको उद्धार रहेको स्पष्ट पारे। उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत, जनशक्ति र प्राविधिक सहयोग परिचालन गरिरहेको उनको भनाइ थियो।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट