काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारतको ओैपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छिन्।
ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको निम्तोलाई सकारात्मक रुपमा लिएको बताएकी छिन् ।
भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी मन्त्री डा.राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मोदीले छिट्टै नेपाल भ्रमण गर्ने आश्वासन दिएको बताइन् । उनले भनिन्, “सम्माननिय प्रधानमन्त्री ओलीजीको निमन्त्रणालाई पनि पोजेटिभली लिनुभयो । समय मिलाएर गरौँला भन्नुभएको छ ।”
मन्त्री डा.राणाले भनिन्, ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहि आएको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन योगदान गरेको मैले विश्वास लिएको छु ।’
‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवम् विभिन्न तहमा सम्पर्क स्थापना गर्न दुई पक्षीय संयन्त्रहरूका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य गरी अगाडि बढ्न मार्ग निर्देशन समेत गरेको छ’, उनले भनिन् ।
भ्रमणको क्रममा भारतले दिएको सम्मानको सन्दर्भमा उनले भनिन्
‘म नेपालको विदेशमन्त्री भएर जाँदा उहाँहरूले गर्नुभएको जुन एउटा स्वागत थियो । त्यो स्वागत हामी सबै नेपालीको हो। म नेपालको प्रतिनिधि भएको कारणले उहाँहरूले स्वागत गर्नुभएको हो । भारतले नेपाललाई उच्च सम्मानका साथ नजिकको छिमेकीको रुपमा लिनुहुदो रहेछ भन्ने त्यो मलाई आभास भएको छ ।’
उनले भनिन्, ‘ब्रेक थ्रुका कुराहरू जुनजुन विषयहरू छन् ती विषयमा हामीहरूले यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा भएको छ । यसका बारेमा सरकारी संयन्त्रहरू छ । दुबै सचिव लेबलमा, सहसचिव लेबलमा त्यो वार्ताहरू क्रमशः बढ्दै जान्छ त्यसको नतिजा नेपाल र भारत दुबैलाई फलदायक हुन्छ भन्ने मलाई लागेको छ । म परराष्ट्र मन्त्री, मेरो म्याण्डेट कुनै कुरालाई टुङ्गोमा लगाउने छैन । त्यो प्रधानमन्त्रीस्तरीय वार्तामा कुराहरू हुन्छ होला ।’
‘हाम्रो मुख्य विषयहरू छन् । जुन दक्षिणतिर बाढीको कुराहरू, नेश्नल एयरवेजको कुराहरू, पञ्चेश्वर प्रोजेक्टको कुराहरू । मोदीजीसँग पनि त्यही कुराहरू गरियो’, उनले भनिन्, ‘मोदीजीले पनि किनै ध्यान दिएर सुन्नुभयो । उहाँले नेपाललाई निकै माया गर्नु हुँदो रहेछ । आफ्नो संयन्त्रलाई पनि यो यो गर्नुहोला भन्नुभयो ।
मन्त्री राणालाई स्वागत गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वन राज्यमन्त्री रुपा विक पोखरेल, लक्ष्मी खतिवडा लगायत तरुण दलका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल पुगेका थिए।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd