काठमाडौं । चौतर्फी दबाबकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन् ।
सोमबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले गुप्तीलाई स्पष्टीकरण सोधेका हुन् । केहिदिन अघि गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएको थियो । सोहि विषयलाई लिएर उनलाई बर्खास्त गर्ने माग उठिरहेको बेला प्रधानमन्त्रीले स्पष्टीकरण सोधेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले गुप्तालाई बोलाएर उक्त घटना के हो रु भन्नेबारेमा स्पष्टीकरण लिएका छन्। राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा उल्लेख गरेका छन्।
उनको कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।
उनको अडियो सार्वजनिक भइसकेपछि सत्तपक्षी तथा विपक्षी दलहरूले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्। प्रधानमन्त्री काठमाडौं आएलगत्तै आज बिहान बालुबाटारमा बोलाएर स्पष्टीकरण सोधेका हुन् । गुप्ता, नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित सांसद हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया