logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरिन् बजेट, केलाई दिइयो प्राथमिकता ?

    745Shares
    कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरिन् बजेट, केलाई दिइयो प्राथमिकता ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले महानगर सभामा कार्यक्रम तथा बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेकी हुन्।

    प्रस्तावित बजेटअनुसार सञ्चित कोषमार्फत २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार हुने तथा अन्य बाह्य व्ययभारतर्फ ७५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो रकम चालु आर्थिक वर्ष २०८२/८३ मा पारित गरिएको २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटभन्दा केही बढी हो।

    कार्यवाहक मेयर डंगोलका अनुसार आगामी आर्थिक वर्षमा सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आम्दानी र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अपेक्षा गरिएको छ। त्यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान, समानीकरण अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। जनसहभागिताबाट थप १ करोड रुपैयाँ जुट्ने लक्ष्य राखिएको छ।

    क्षेत्रगत बजेट विनियोजनतर्फ पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। यस क्षेत्रमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ९.६ प्रतिशत विनियोजन गरिएको छ। आर्थिक विकासतर्फ ५४ करोड १८ लाख २० हजार रुपैयाँ अर्थात् २.१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।

    त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित कार्यक्रमका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ अर्थात् ८.५ प्रतिशत बजेट विनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् १८.८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट