logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • भारत–पाकिस्तान तनावः नेपालले विमानस्थल र सीमा नाकामा निगरानी बढाउने

    1.1KShares
    भारत–पाकिस्तान तनावः नेपालले विमानस्थल र सीमा नाकामा निगरानी बढाउने

    काठमाण्डाै । केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेकाे बैठकले भारत–पाकिस्तानबीचकाे तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेकाे हाे ।

    देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने, सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो ।

    भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

    ‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ’,प्रवक्ता तिवारीले भन्नुभयो, ‘सीमा नाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्त/दुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।’



    फास्ट न्युज    
  • २०८२ बैशाख २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट