logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान

    हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान

    507
    SHARES
    हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान
    तेहरान । प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।
    हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजा पट्टीमा जारी युद्धको पनि विरोध गरेको छ । “शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ”, हमासले भनेको छ ।
    हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहनुभएका हानियाको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ ।
    इरानको रिभोल्युसनरी गार्डले हानिया र एक अङ्गरक्षक तेहरानमा उहाँहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ । उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ ।
    हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’ लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र ९इजरायली० कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।
    हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भीड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गर्नुभयो ।
    हानियाको हत्यापछि अम्मानमा विरोध प्रदर्शन सुरु भएको छ । त्यहाँ हजारौँ जोर्डनबासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए ।
    लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरहरू र ट्युनिशिया तथा मोरक्कोका राजधानीहरूमा पनि प्रदर्शनहरू भएका थिए ।


    फास्ट न्युज
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट