logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • महेश बस्नेतले रास्वपालाइ लक्षित गर्दै भने-घुमन्ते उम्मेदवारलाई विकास देखाइदिनुस्, भोट एमालेलाई दिनुस्

    991Shares
    महेश बस्नेतले रास्वपालाइ लक्षित गर्दै भने-घुमन्ते उम्मेदवारलाई विकास देखाइदिनुस्, भोट एमालेलाई दिनुस्

    काठमाडौं।

    नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन् ।

    राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन मतदाताहरूलाई आग्रह गरे ।

    ‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, विकास, समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्,’ सचिव बस्नेतले सम्बोधनको क्रममा भने ।
    साथै, उनले झापा लगायत देशभरका मतदाताले यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न पनि आग्रह गरे ।

     

    ‘म झापा लगायतका देशभरका मतदातालाई अनुरोध गर्न चाहन्छु, यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ । नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद,’ उनले भने।

    साथै, उनले आफ्नो पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको पनि बताए । ‘पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च हुँदैछ,’ बस्नेतले भनेका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट