काठमाण्डौ । काठमाण्डौमा हावाको सन्तुलन नमिल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट उडान र अवतरण प्रभावित भएको छ ।विमानस्थलको कन्ट्रोल टावरका अनुसार अहिले काठमाण्डौमा ‘असन्तुलित हावा’ चलिरहेको छ ।
मलेसियाबाट आएको बाटिक एअरलाइन्सले ओभरशुट गरेको छ । रनवे मै पुगेको बेला पछाडिबाट जोडले हावा चल्दा जहाज अवतरण हुन नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तै एअर इन्डियाको जहाज लखनउ डाइभर्ट भएको छ । कतार एअरलाइन्सले आकाशमै फन्का लगाएको छ । अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान पनि प्रभावित भएका छन्
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd