logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सेखर अनुपस्थित सम्मेलनमा गगनलाई देउवाले भने– धेरै बोल्नेले आफैंलाई सिध्याउँछन्

    991Shares
    सेखर अनुपस्थित सम्मेलनमा गगनलाई देउवाले भने– धेरै बोल्नेले आफैंलाई सिध्याउँछन्

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएकै छ, तर म एउटा कुरा भन्छु,’ देउवाले भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ । कम बोल्नेले अरुलाई सिध्याउँछ ।’
    मञ्चतिर हेर्दै देउवाले यसो भनिरहँदा केहीबेर सम्मेलन आयोजना भएको हलमा हाँसो गुञ्जियो ।

     

    त्यसपछि देउवाले भने, ‘मैले ठट्टा मात्रै गरेको ।’ पार्टीको कोशी प्रदेश सम्मेलनका लागि उनी हिजै विराटनगर पुगेका थिए । तर, गृहप्रदेशमै भएको सम्मेलनमा अर्का नेता डा। शेखर कोइरालाले बहिष्कार गरे ।

    शनिबार दिउँसो विराटनगरमा सम्मेलन भयो । महामन्त्री गगन कुमार थापा पनि पुगेका थिए । शेखर अुनपस्थित सम्मेलनमा गगनले गर्ने भाषण सबैको चासो बन्यो ।

    सम्बोधनकै क्रममा गगनले पार्टी सभापति ‘कम बोल्ने’ टिप्पणी गरे । गगनको उक्त टिप्पणीको जवाफमा केहीबेरपछि सम्बोधनका क्रममा सभापति देउवाले उक्त टिप्पणी गरेका हुन ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार