logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • बाढीले सडक सम्पर्क टुटाएको धादिङ सदरमुकाम वैकल्पिक मार्गबाट जोडियो

    721Shares
    बाढीले सडक सम्पर्क टुटाएको धादिङ सदरमुकाम वैकल्पिक मार्गबाट जोडियो

    धादिङ । भोटेकोशीमा आएको बाढीले पुल बगाएपछि सडक सञ्जालबाट अलग भएको धादिङ सदरमुकाम वैकल्पिक सडकमार्फत पुनः जोडिएको छ।

    सदरमुकाम धादिङबेसी पुग्ने परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग सडक सम्पर्क पुनः स्थापित भएको हो।

    बाढीका कारण मुख्य सडकअन्तर्गतको पुल बगाएपछि सदरमुकामतर्फको नियमित सडक सम्पर्क अवरुद्ध भएको थियो। त्यसपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर सदरमुकामलाई पुनः सडक सञ्जालसँग जोडिएको हो।

    वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम आवतजावतका लागि सहज हुने भएको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्री पुर्‍याउन पनि बाटो खुलेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट