logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेस बैठककाे निष्कर्ष

    964Shares
    उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेस बैठककाे निष्कर्ष

    काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ।
    पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

    कांग्रेसले यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय पनि गरेको घिमिरेले जानकारी दिएका छन् । यदि उपसभामुख रानाले पद त्याग नगरेमा उनलाई संसद्‍बाट दुईतिहाइको बहुमतले हटाउने तयारी कांग्रेस र नेकपा एमालेले गरिसकेका छन् । दुवै दलले मंगलबार नै संसद् भवन परिसरमा आफ्नो दलका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिसकेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट