काठमाण्डौ । गृह मन्त्रालयले शुक्रबार काठमाण्डौको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमार्फत राजवादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा संविधानप्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्व भेला हुने स्वतन्त्राको उपहास गर्दै हिंसात्मक गतिविधि भएको बताउनुभएको छ ।
व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत गाडीमाथि भएको तोडफोड र आगजनीका घटनाहरू गैरकानूनी र घोर भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्नेरगराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयम् नै पूर्णरूपमा जिम्मेवार हुने मन्त्रालयले बताएको छ ।
यस्तै यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न जोसुकैलाई पनि कानूनको दायरमा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया