काठमाडौँ । राजधानीको साँखुमा गोली चलेको छ । शुक्रबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो ।
लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो ।
सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन ।
ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया