logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    904Shares
    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडियालाओस बाट गरी कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन्।

    मन्त्रालयका अनुसार हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको छ र उनीहरूलाई छिट्टै स्वदेश फर्काउने तयारी भइरहेको छ।

    सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया जाने नेपालीको संख्या करिब २१ हजार पुगेको बताइएको छ। तीमध्ये केही शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

    यसैबीच कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। तीमध्ये ५ जनालाई संगठित ठगीसम्बन्धी मुद्दामा सिम रिप प्रान्तीय अदालत मा पेश गरिने र बाँकी ४ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिइएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट