काठमाडौँ — नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार कक्ष (न्यूजरूम) बाटै नियन्त्रणमा लिएको छ। बिना पक्राउ पुर्जी सादा पोसाकमा आएका प्रहरीहरू मिडिया कार्यालयभित्रै प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिएको भन्दै नेपाल पत्रकार महासङ्घले कडा आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारीका अनुसार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई मीनभवनस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ। यसैगरी, मोटिभेट न्यूजका पत्रकार शोभराज बराललाई पनि सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका छन्। यसका साथै नयाँ पत्रिका दैनिक र दियोपोष्ट अनलाइनको कार्यालयमा समेत सादा पोसाकका प्रहरीहरू प्रवेश गरेको कोषाध्यक्ष अधिकारीले पुष्टि गरे।
प्रतिक्रिया