logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

    922Shares
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

    काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’सँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो ।

    फुयाँल भारतीय गुन्डानाइके लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा पक्राउ परेका हुन् । प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट