logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • अपडेटः भूकम्पबाट ५३ जनाले ज्यान गुमाए, ३८ घाइते

    1KShares
    अपडेटः भूकम्पबाट ५३ जनाले ज्यान गुमाए, ३८ घाइते

    काठमाडाैं । आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको भूकम्मा परी ५३ जनाले ज्यान गुमाएका छन् । क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन् । मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ ।

    आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

    १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाल, भारत, भुटान र बंगलादेशसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट