logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

    736Shares
    वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

    काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित तथ्यांक प्रविष्टि र प्रमाणीकरणको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

    बोर्डका अनुसार देशभरका विभिन्न जिल्लाबाट उत्तरपुस्तिका र अंक विवरणसम्बन्धी आवश्यक कागजातहरू संकलन भइरहेको छ। केही जिल्लाबाट सामग्री प्राप्त भइसकेको र बाँकी जिल्लाबाट पनि छिट्टै आइपुग्ने अपेक्षा गरिएको छ।

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा सकिएपछि उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै जाँच गरिएको हुँदा मूल्यांकन प्रक्रिया छिटो अघि बढाउन सहज भएको बोर्डले जनाएको छ।

    नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न करिब तीन दर्जन कर्मचारी परिचालन गरिएको छ, जसअन्तर्गत करिब दुई दर्जन कर्मचारी अंक प्रविष्टि कार्यमा खटिएका छन्। सार्वजनिक बिदाका दिनहरूमा समेत काम जारी राखिएको बोर्डले जनाएको छ। सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएअनुसार त्रुटिरहित र समयमै नतिजा निकाल्ने तयारी भइरहेको बोर्डले स्पष्ट पारेको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट