logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • झापा महिला गोल्डकपमा आज एपीएफ क्लब र सिङलिङ एस.सी खेल्दै

    1.1KShares
    झापा महिला गोल्डकपमा आज एपीएफ क्लब र सिङलिङ एस.सी खेल्दै

    काठमाण्डौ – झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ ।

    हिजो भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ८ गोलले पराजित गर्यो । आठ वटा टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस.सी सिक्किम, सङ्कटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर.एस पोखरा सहभागी छन् । प्रतियोगिता यही कात्तिक २४ गतेसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट